citizens life insurance long ad
stcnepal long ad

राष्ट्रिय बाणिज्य बैंकले फेदीखोला हाईड्रोमा ऋण लगानी गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक र फेदीखोला हाईड्रो पावर कम्पनीका विचमा फेदीखोला (थुम्लुङ्ग) जलविद्युत्  आयोजना ४.३ मे.वा. मा ऋण लगानीगर्ने सम्झौता २०८१ साउन १७ गते सम्पन्न भएको छ ।

सम्झौतामा राष्ट्रिय बाणिज्य बैंकका तर्फबाट पुर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञ्चालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा. वाडा नं ६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा. मा रु. ५० करोड राष्ट्रिय बाणिज्य बैंकले ऋण लगानीगर्ने भएको छ । कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ ।

कम्पनीका अनुसार यहि श्रावण महिनाको अन्त्यसम्ममा कम्पनीलाई प्रा.लि. बाट लि. मा परिवर्तन गरि स्वपँजीको ४४ करोड तिस प्रतिशत अर्थात् १३ करोड २० लाख आईपओ निश्कासन यहि आ.व. भित्रमा गरिने लक्ष रहेको छ ।

२०८२ असोज भित्र सम्पन्नहुने यस आयोनाको लागि आवस्यक सम्पुर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ र सभिलि निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिले सम्मकरिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

IME Life
kumari