होटल अन्नपूर्णमा सनराइज बैंकका ग्राहकले विशेष छुट पाउने

काठमाडौं । सनराइज बैंकले होटल अन्नपूर्णसंग सम्झौता गरेको छ । सनराइज बैंक र होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौको दरवारमार्ग स्थित होटल अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवन स्थित जगतपुर लज, तथा पोखरा स्थित फिस्टेल लजमा Food, Beverages and Bakery Item जस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको डेबिट र क्रेडिट कार्ड मार्पmत भुक्तानी गरेर १५५ सम्मको छुट लिन सक्ने बैंकले जनाएको छ ।