citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रभु बैंकको सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्रभु बैंकको सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको ३ लाख ३३ हजार ७८९ कित्ता शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा हाललाई प्रभु बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरु खरिदका आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

himalayan life insurance
igi long