citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सानिमा बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलेसमेत खरिद गर्न पाउने गरि संस्थापकतर्फको ६८ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी उक्त परिमाणको शेयर बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले इच्छुक व्यक्ति तथा संस्थाहरुका लागि बिक्री गर्न लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ छ । इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

आवेदन पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

himalayan life insurance
igi long