stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बैंकमा निक्षेप एकै दिन ७ अर्ब रुपैयाँले बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन ७ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बुधबारसम्म ६२ खर्ब ३५ अर्ब रहेको निक्षेप बिहिबारसम्म ६२ खर्ब ४२ अर्ब पुगेको हो ।

त्यस्तै नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बुधबारसम्म कर्जा प्रवाह ५१ खर्ब ३१ अर्ब रहेकोमा बिहिबार ५१ खर्ब ३३ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह २ अर्बले वृद्धि भएको छ ।

बिहिबारसम्म वाणिज्य बैंकमा निक्षेप ५५ खर्ब २५ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ४२ अर्ब कर्जा प्रवाह भएको छ ।

सिडी रेसियो घट्दै ८०.०८ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.९५ प्रतिशत छ। अघिल्लो दिन सिडी रेसियो ८०.१४ प्रतिशत थियो ।

prabhu mahalaxmi
kumari