प्राइम कमर्सियल बैंकको १२ लाख ४१ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो

काठमाडौं । प्राइम कमर्सियल बैंकले आज (जेठ २५ गते) देखि १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
यस लिलामीमा बैंककै संस्थापक सेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम २ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ, लेखनाथमार्ग, ठमेल, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । यसमा जेठ ३१ गतेसम्म आवेदन सकिनेछ ।