sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड –२०२४ बाट सम्मानित

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।

इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर ईसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकको रुपमा सम्मानि भएको हो ।

आफ्नो कोर बैंकिङ्ग सफ्टवेयरको लागि फिनाकल प्रयोग गर्दै आइरहेको ग्लोबल आइएमई बैंक नविनतम सेवाहरु सहितको सुरक्षित र भरपर्दो बैंकको रुपमा परिचित छ ।

यस सम्मानले बैंकलाई आउँदा दिनमा थप नवीन र अत्याधुनिक प्रविधिका बैंकिङ्ग सफ्टवेयरहरु प्रयोग गर्दै सबैका लागि सुरक्षित र सहज बैंकिङ्ग सेवा प्रदान गर्न थप हौसला मिलेको कम्पनीले बताएको छ ।

बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । कम्पनीले ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकलाई सुविधा दिंदै आएको छ ।

कम्पनीले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

 

gold
kumari bank
nawakantipur long