citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ६८ हजार १९१ कित्ता संस्थापक शेयर बिक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका ६ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ६८ हजार १९१ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउने व्यवस्था छ ।

शेयर खरिद गर्न ईच्छुक संस्थापकले आवश्यक कागजात सहित ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ । सो शेयर के–कति रकममा लिने सोको व्यहोरा खुलाई आवेदन दिन बैंकले भनेको छ ।

बैंकले तोकेको ३५ दिनका समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

himalayan life insurance
igi long