citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र वोन्डर्स नेपाल प्रा.लि. (स्काईवाक नेपाल) बीच व्यवसायिक सम्झौता

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल प्रा.लि. बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा वोन्डर्स नेपाल प्रा.लि. का प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत  लेखनाथ पोख्रेलले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. लेखनाथमार्ग ठमेल, काठमाडौं मार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आउनु भएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहक महानुभावहरुले स्काई वाकको टिकट खरीदमा १ देखि ५ जनासम्मको लागि १५ प्रतिशत र ५ जना भन्दा बढीको टिकट खरीदमा गर्दा २० प्रतिशत सम्म विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत  लेखनाथ पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो भने वण्डर नेपाल प्रा.लि. का प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली ले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राख्नुभयो । समारोहमा दुईवटै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

himalayan life insurance
igi long