नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन, तेस्रो समीक्षा जेठ १५ भित्र
काठमाडौं । नेपाल राष्ट्र बैंकले तेस्रो समीक्षा जेठ १५ भित्र सार्वजनिक हुने गरेर मौद्रिक नीति तर्जुमा कर्याविधिमा संशोधन गरेको छ ।
मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) अनुसार त्रैमासिक समीक्षा त्रैमास सकिएको ३० दिनभित्र गरिसक्नु पर्ने व्यवस्था थियो ।
जसलाई संशोधन गरेर ४५ दिन बनाएको छ । योसँगै अब तेस्रो त्रैमासिक समीक्षा जेठ १५ भित्र सार्वजनिक हुनेछ ।
साथै, वार्षिक मौद्रिक नीति आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र आउँनेछ । यसअघि वार्षिक मौद्रिक नीति आर्थिक वर्ष सुरुभएको भएको ७ दिनभित्र ल्याइसक्नुपर्ने व्यवस्था थियो ।
तोकिएको समयभित्रै समीक्षा सार्वजनिक गर्न केही असहज भएपछि केन्द्रीय बैंकले कार्यविधिको संशोधन गरेको हो ।