evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा 

Prabhu Insurance Long Ad
global bank

काठमाडौं ।  एभरेष्ट बैंक लिमिटेडले आफ्नो वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको छ ।

उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत सो क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक श्री पुष्प राज उपे्रतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताउनु भयो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६४ ए.टि.एम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एस्.एम् एस् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

igi long
himalayan life insurance long ad