citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कामना सेवा विकास बैंकका ग्राहकले ओम मुक्तिनाथ पोलिक्लिनिकमा ५०% छुट पाउने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित ओम मुक्तिनाथ पोलिक्लिनिकसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त ओम मुक्तिनाथ पोलिक्लिनिकमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस  सम्झौताबाट  बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

himalayan life insurance
igi long