ग्लोबल आईएमई बैंक र सेलपेबीच सम्झौता
काठमाडौं । ग्लोबल आईएमई बैंक र सेलपेसँग भुक्तानी बीच सम्झौता भएको छ ।
बैंकले ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सेलपेसँग सहकार्य गरेको हो ।
उक्त सम्झौतामा बैंकका सिईओ परशुराम कुँवर क्षेत्री र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात ग्राहकहरुले सेलपेमा आवद्ध गरी सकिएका अन्य बैंकमा वा त्यहाँबाट ग्लोबल आईएमई बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने छन् ।




























