sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश

स्मार्ट बचत खातामा अकर्षक सुबिधा थप देखी थप ६ प्रिभिलेज काउन्टरको सुरुवात

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । २०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा ग्राहकहरुमाझ उत्कृष्ट सेवा पुर्याँउदै आएको सिटिजन्स बैंक आज बैशाख ७ गते देखि १८ औं वर्षमा प्रवेश गरेको हो ।

यस १७ वर्षको अवधि पार गरिसक्दा बैंकले करिव १७ लाख २४ हजार गा्रहकमहानुभावहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ ।

सातवटै प्रदेशमा फैलिएको १९० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव रु १ खर्व ८४ अर्व रहेकोमा कर्जा तर्फ रु १ खर्व ५६ अर्व रहेको छ र यसै अवधिमा बैंकले करिव रु १ अर्व २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले १७औं बार्षिकोत्सवको अवसरमा आज बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिव १०५३ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ ।

साथै संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बैंकलेूरतmदान नै जिवनदानूभन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्मभए पनि पुराहोस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटी संगको सहकार्यमा सातवटै प्रदेशका कूल २५ शाखाहरुबाट करिब ६८४ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

साथै यसै अवसरमा मधेश प्रदेश अन्तर्गत वीरगन्ज शाखा र लुम्बिनी प्रदेश अन्तर्गत बुटवल शाखाले निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेका छन ।

शिविरमा करीब ३०० जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशुल्क प्राप्त गरेका छन ।

साथै सिटिजन्स बैंकले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘सिटिजन्स स्मार्ट बचत खाता’ लाई १७ थरि आकर्षक सुविधाहरु थप गरेर ग्राहकहरुमाझ ल्याएको छ ।

अब ग्राहकहरुले यो योजना अन्तर्गत खाता खोल्दा आकर्षक थप १७ सुविधाहरु निश्चित समयको लागि प्राप्त गर्न सक्नुहुनेछ ।

सिटिजन्स बैंकले बचत सम्बन्धी विषयलाई ध्यानमा राख्दै वित्तीय साक्षरता सम्बन्धी एक भिडियो सामग्री समेत आफ्नो १७औं वार्षिकोत्सवको दिन सार्वजनिक गरेको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यसै दिनदेखि बैंकले आफ्नो थप ६ वटा शाखाहरु बाट ‘प्रिभिलेज काउन्टर’  को समेत सुरुवात गरको छ ।

काठमाडौं उपत्यका भित्र कुमारीपाटी, बौद्ध, कोटेश्वर र न्यूरोड शाखामा र उपत्यका बाहिर बुटवल र हस्पिटललाइन शाखामा वैशाख ७ गतेबाट प्रिभिलेज काउन्टर सुचारु भएको छ ।

साथै १७औं वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स बैंकको मूख्य प्रायोजनमा १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता यही बैशाख ९ देखि १५ गतेसम्म दशरथ रंगशालामा हुन गइरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

 

 

prabhu bank
nawakantipur long