evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

एनएमबि बैंकको २ अर्ब २४ करोड १५ लाख ९५ हजार रुपैयाँ नाफा

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण एनएमबि बैंकले सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा सामान्य घटेपनि अधिकांश सूचकमा प्रगति देखिएको छ ।

बैंकले २ अर्ब २४ करोड १५ लाख ९५ हजार रुपैयाँ चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा नाफा कमाएको छ ।

जुन गत आर्थिक वर्षको भन्दा १६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २ अर्ब ६८ करोड २५ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ५२ करोड ९९ लाख १९ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको तुलनामा १४ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ६ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ८३ करोड ५ लाख ५३ हजार रुपैयाँ संचालन नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ३ अर्ब ३० करोड २४ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १८ अर्ब ३६ करोड, जगेडा कोष १० अर्ब ९२ करोड रुपैयाँ, वितरणयोग्य नाफा २७ करोड ३३ लाख रुपैयाँ र खराब कर्जा २।९६ प्रतिशतबाट घटेर २।८६ प्रतिशत पुगेको छ ।

himalayan life insurance
igi long