प्रभु बैंक खुद मुनाफामा खराब कर्जाको दबाब

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा प्रभु बैंकको खुद नाफा खराब कर्जाको दबाबमा परेको छ । यसअवधिमा यसको खुद नाफा ७.२७ प्रतिशतले घटेर १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्ष यसले १ अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा प्रभुको खराब कर्जा १.३३ प्रतिशतले बढेर ४.८१ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्ष यसको खराब कर्जा ३.४८ प्रतिशत थियो । गत वर्ष १ अर्ब ५७ करोड ६३ लाख ४९ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ७५ करोड ८६ लाख ४५ हजार रुपयाँ पुगेको छ । यसले खुद नाफा घटेको हो ।
यसअवधिमा यसको खुद ब्याज आम्दानी भने २६.३२ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड ९६ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
सञ्चालन नाफा पनि २८.४५ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड २७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । यता, गैर सञ्चालन नाफा भने घटेको छ । गत वर्ष २ करोड ३१ लाख ७२ हजार रुपैयाँ रहेको गैर सञ्चालन नाफा यो वर्ष १९ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ ।
चैत मसान्तसम्म आइपुग्दा प्रभु बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६ पैसा छ । चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ छ । वितरणयोग्य नाफा २ अर्ब ४० करोड रुपैयाँ छ ।