एनआइसी एसिया बैंकको नाफा ५२.३१ प्रतिशत घट्यो

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ५२.३१५ ले घटेको हो । गत वर्ष यसले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि ९.९५५ ले घटेर ८ अर्ब १८ करोड रुपैयाँमा झरेको छ । साथै, इम्पेयरमेन्ट चार्जमा भारी वृद्धि भएपछि सञ्चालन नाफा ३७.३१५ घटेर ३ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ ।
यसको इम्पेयरमेन्ट चार्ज भने २३ करोडबाट बढेर २ अर्ब १४ करो पुगेको छ । खुद ब्याज आम्दानी घट्नु र इम्पेयरमेन्ट चार्ज बढ्नु नै एनआइसी एसियाको खुद नाफा घट्ने प्रमुख कारण बनेको छ । एनआइसीको खराब कर्जा दर ०.७४५ विन्दुबाट बढेर १.७६५ पुगेको छ ।
हाल यस बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १७ अर्ब ४५ करोड रुपैयाँ जम्मा रहेको छ ।
खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि २९.४७ रुपैयाँले घटेर १७.२९ रुपैयाँमा आएको छ । यसको प्रतिसेयर नेटवर्थ भने २०५.४७ रुपैयाँ छ ।