नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा करिब ४ अर्ब ३० करोड रुपैयाँ लगानी गर्दै
आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा करिब ४ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले २०८१ वैशाख ११ गतेदेखि २०८१ कात्तिक १० गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।
मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले २०८१ वैशाख ४ गते साँझ ५ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३ अर्ब ४४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ६४ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २१ करोड ५० लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेछ ।
यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने, कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्ने लगायतका शर्त राष्ट्र बैंकले तोकेको छ ।