evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले किन्न पाउने

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी प्रेम राज पन्तको नाममा रहेको २८ हजार ९८२ कित्ता र मधु सूदन शर्माको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले यसअघि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो ।

तर, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि अन्य व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित १५ दिनभित्र खरिद गर्न चाहेको शेयर कित्ता खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

himalayan life insurance
igi long