citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता सेयर बिक्रीमा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४२ हजार ९८२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक सेयरधनी मधु सूदन शर्माले १४ हजार कित्ता र प्रेम राज पन्तले २८ हजार ९८२ कित्ता सेयर बिक्रीमा लागि आवेदन दिएका हुन् । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौँमा आवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूमा यी शेयर विक्री नझएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर वित्री गरिने कम्पनीले जनाएको छ ।

himalayan life insurance
igi long