stcnepal long ad
ime life insurance
global ime bank long

महालक्ष्मी विकास बैंकद्वारा नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती प्रदान

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले श्री त्रिनगर माध्यामिक विद्यालय धनगढी, केलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. नबराज बहादुर सिंहको स्मृतिमा स्थापित नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिल कुमार नेपालले छात्रा हिरा कुमारी जोशीलाई हस्तान्तरण गनु भएको हो ।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पु¥याउने उद्देश्यले रु.पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिल कुमार नेपालले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक श्री भूपाल सिंह खड्काले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पु¥याउने कुरा जानकारी गराउदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गर्नुभयो ।

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

विगतदेखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

 

prabhu mahalaxmi
kumari