stcnepal long ad
ime life insurance
global ime bank long

कुमारी बैंकको सवा ५ लाख कित्ता शेयर बिक्रीमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । कुमारी बैंकको सवा ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको ५ लाख २५ हजार १८ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

इच्छुक संस्थापक शेयरधनीले बैंकको काठमाडौं टंगालस्थित प्रधान कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari