stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल राष्ट्र बैंकले आज एकैपटक ५० अर्ब रुपैयाँ तान्दै

बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज फागुन २४ गते एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने भएको छ।

फागुनमा यो पहिलोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो।

राष्ट्र बैंकले यसका लागि  बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो १४ दिने निक्षेप संकलन उपकरणको चैत ८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

तरलता व्यवस्थापन गर्नकै लागि राष्ट्र बैंकले गत माघमा नौ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तानेको थियो।

त्यस्तै राष्ट्र बैंकले पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गरेको थियो।

पछिल्लो समय बैंकिङ प्रणालीमा दैनिकजसो निक्षेप बढिरहेको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप बढेर ६१ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ।

prabhu mahalaxmi
kumari