stcnepal long ad
nabil bank
macchha(MBL)

ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना

चारहजार बढीको सहभागिता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु,  विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।

मुलुकका विभिन्न जिल्लाका ३५ स्थानमा सञ्चालित कार्यक्रममा ४,००० भन्दा बढि मानिसहरुलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

बैंकले बागमती प्रदेशको भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका, रसुवा जिल्लाको गोसाइकुण्ड गाँउपालिका, काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका र ललितपुर जिल्लाको ललितपुर महानगरपालिकामा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा ७०० भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी, गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका, जैमिनि नगरपालिका, पर्वत जिल्लाको कुस्मा नगरपालिका र कास्की जिल्लाको पोखरा महानगरपालिकाको कार्यक्रममा ९०० भन्दा बढि स्थानीयहरुको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका, बाणगंङ्गा नगरपालिका, शिवराज नगरपालिका, दाङ जिल्लाको घोराही उपमहानगरपालिका, गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका, इस्मा गाँउपालिका, नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका, पाल्पा जिल्लाको तानसेन नगरपालिका, प्युठान जिल्लाको प्युठान नगरपालिका, रोल्पा जिल्लाको परिवर्तन गाँउपालिका, सुनिल स्मृति गाँउपालिका, रुपन्देही जिल्लाको सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा १,८०० भन्दा बढिको सहभागिता रहेको थियो ।

साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाँउपालिका, पूर्वीचौकी गाँउपालिका, बाजुरा जिल्लाको बढिमालिका नगरपालिका, बैतडी जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको कार्यक्रममा ७५० भन्दा बढि लक्षितवर्गहरुको सहभागिता थियो ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा कार्यालय, ३७८ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

prabhu mahalaxmi
kumari