sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

हिमालयन बैंकको नगद संकलन काउन्टर शुक्रराज ट्रपिकल अस्पतालमा सञ्चालन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकले टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसँग नगद संकलन गर्ने सम्झौता गरेको हो ।

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा। युवानिधि बसौलाले हस्ताक्षर गरे ।

बैंकले अस्पतालमा उक्त सेवा सार्वजनिक विदाका दिनमा समेत २४सै घण्टा प्रदान गर्ने जनाएको छ । सो काउन्टरमा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले क्यूआरमार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।

बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ ।

gold
prabhu bank
nawakantipur long