stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल पे क्युआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अब ग्राहकहरुले नेपाल पे क्युआर स्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु १०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण सेल्सबेरीको स्टोरहरुमा फाल्गुण ५ गतेबाट फाल्गुण २० गतेसम्म उपलब्ध हुनेछ ।

उक्त अफरमा ग्राहकहरुले सेल्सबेरीको स्टोरमा सामान खरिद गर्दा स्टोरमा रहेको डाइनामिक क्युआर अवधिभरि ३ पटक सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

नेपाल पे क्युआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत क्युआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो ।

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले स्मार्ट क्युआर ४ लाख ६५ हजार र स्मार्ट क्यूआर को २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।

IME Lifesidebar
kumari