stcnepal long ad
ime life insurance
national life
global ime bank long

‘बजेट अभावले काम गर्न सकिएन’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले बजेट अभावका कारण प्रतिष्ठानले सोचे जस्तो काम गर्न नसकेको बताउनुभएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको एकवर्षे कार्यप्रगति सार्वजनिक गर्ने क्रममा उहाँले बजेट अभावले गर्दा सिर्जनात्मक र रचनात्मक काम गर्न नसकिएको बताउनुभयो ।

चालु आर्थिक वर्षको अवस्थालाई हेरेर आगामी वर्षका लागि १८ करोडभन्दा बढीको कार्ययोजना पेस गरिएको र आवश्यक बजेट विनियोजन भए सङ्गीत र नाट्य प्रज्ञा–प्रतिष्ठानलाई चलायमान बनाउन सकिने उहाँको भनाइ छ । “विश्वका अरू मुलुकमा कला, संस्कृतिको विकास राज्यको लगानीबाट सम्भव भएको छ तर नेपालमा यो विषय खासै प्राथमिकतामा परेन ।

उहाँका अनुसार प्रतिष्ठानमा सङ्गीत, नृत्य तथा नाट्य कक्षा लिने सञ्चालन गर्ने सोच त बताएका छौँ तर हामीसँग पर्याप्त ठाउँ छैन,” उहाँले भन्नुभयो ।

प्रतिष्ठानका उपकुलपति शम्भु राईले मुलुकको संस्कृति र सांस्कृतिक विषयलाई राज्यले नबुझेसम्म सांस्कृतिक रूपान्तरण सम्भव नहुने बताउनुभयो । परम्परागत कामलाई निरन्तरता दिने मात्रै नभई केही नयाँ काम गरौँ भन्ने सोच हुँदाहुँदै बजेट उपलब्ध नहुँदा धेरै काम योजनामै सीमित रहेको राईले बताउनुभयो ।

प्रतिष्ठानले प्रदेशस्तरीय नाट्य महोत्सव, सङ्गीत नाट्य र नृत्यको अध्ययन अनुसन्धान, अन्तर्राष्ट्रिय सम्मेलन र कार्यशाला, राष्ट्रिय सांस्कृतिक मेला, राष्ट्रियताप्रति ओतप्रोत हुने नाटक मञ्चनलगायतका योजना पेस गरेको छ ।

त्यसै गरी सङ्गीत नाट्य प्रशिक्षण, त्रिदेशीय नाट्य महोत्सव, लोकगीत, दोहोरी र जुहारी गीत सम्मेलन, नौमती बाजा अध्ययन, सङ्गीतको सैद्धान्तिक कार्यशाला लगायत कार्यक्रम आयोजना गर्ने गरी योजना पेस गरिएको तर बजेट कटौती हुँदा कम बजेटमा नै काम गर्नु परेको शर्माले बताउनुभयो ।

कुलपति शर्माले भन्नुभयो, “हामीले १५ करोड ३५ लाखको बजेट पेस गरेका थियौँ तर निकासा हुँदा पाँच करोड ४६ लाख रुपियाँ मात्रै आयो । त्यसमा पनि प्रशासनिक बजेट धेरै भएकाले कार्यक्रम बजेट जम्मा ९० लाख मात्रै छ, अनि कसरी कार्यक्रम सञ्चालन गर्न सकिन्छ  ।

कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव कुस्मा महरा ‘प्रगति’ ले एक वर्षमा भएका कामका बारेमा जानकारी दिनुभएको थियो भने कम बजेटका कारण सोचे जति काम गर्न नसके  पनि उपलब्ध बजेटबाट  अधिकतम  काम गर्न सफल भएको दाबी गर्नुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ।

IME Lifesidebar
kumari