stcnepal long ad
nabil bank
macchha(MBL)

माछापुच्छ्रे बैंकको साढे १० लाख बढी शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकको साढे १० लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको सुन्धारास्थित बाघदरबार जेडीए कम्प्लेक्समा रहेको बैंकको शेयर विभागमा गएर खरिद आवेदन दिन सक्नेछन्।

खरिद आवेदन ३५ दिनभित्र दिनुपर्ने बैंकले जनाएको छ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari