sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नेपाल राष्ट्र बैंकले १९.१० अर्बको आन्तरिक ऋण नवीकरण गर्दै

यी ट्रेजरी क्रमशः २०८१ वैशाख १८ गते, २०८१ साउन १५ गते र २०८१ माघ १५ गते परिपक्व हुनेछन्।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १९ अर्ब १० करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।राष्ट्र बैंकले २८ दिने ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिने ५ अर्ब रुपैयाँ र ३६४ दिने ६ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो।

यी ट्रेजरी क्रमशः २०८१ वैशाख १८ गते, २०८१ साउन १५ गते र २०८१ माघ १५ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल माघ १६ गते जारी हुनेछ। यसको बोलकबोल भोलि सोमबार माघ १५ गते दिउँसो २ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

gold
prabhu bank
nawakantipur long