macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

बजारमा करिब साढे ६ खर्ब नगद परिचालन

रकारी कोषमा थुप्रियो पैसा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । बजारमा नगद परिचालन साढे ३ प्रतिशत बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा पुससम्म ६ खर्ब ४७ अर्ब ८१ करोड रुपैयाँ नगद परिचालन रहेको छ।

गत असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो हिसाबले पछिल्लो ५ महिनामा नगद परिचालन ३.५२ प्रतिशतले बढेको छ।

यो ६ महिनामा सरकारी कोष ३८०.८५ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ४५ अर्ब ८ करोड रुपैयाँ थियो। पुससम्म सरकारी कोषको आकार बढेर २ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँको उचाइमा पुगेको छ।

पुससम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब १० अर्ब ४६ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो।

आईएमएफसँग सम्बन्धित दायित्व ११ अर्ब ८८ करोड २९ लाख रुपैयाँ रहेको छ। अन्य दायित्व १ अर्ब ९८ करोड ५२ लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

himalayan life insurance
igi long
NTA long ad