प्रभु बैंकको खुद नाफा ३९.९७ प्रतिशतले घटेर ७२ करोड ३ लाख ४१ हजार रुपैयाँमा सीमित
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्रभु बैंकको खुद नाफा ३९.९७ प्रतिशतले घटेर ७२ करोड ३ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज बढ्दा यसको नाफा प्रभावित भएको हो । पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा २।९२ प्रतिशतले बढेर ४.९० प्रतिशत पुगेको छ ।
अघिल्लो वर्ष ४२ करोड ६७ लाख ४९ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब २५ करोड ७७ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी ४०.५८ प्रतिशतले बढेर ४ अर्ब ७६ करोड ६८ लाख १२ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ५.७७ प्रतिशतले बढेर १ अर्ब ७२ करोड ८५ लाख १७ हजार रुपैयाँ पुगेको छ ।
दोस्रो त्रैमाससम्ममा प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ । वितरणयोग्य नाफा १ अर्ब ८६ करोड ७४ लाख ६८ हजार रुपैयाँ ऋणात्मक छ ।
प्रतिसेयर आम्दानी १ रुपैयाँ ०२ पैसाले घटेर ६ रुपैयाँ १२ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ०२ पैसा छ ।