लक्ष्मी सनराइज बैंक लि को अध्यक्षमा रमण नेपाल निर्वाचित
२३ ओैं साधारण सभाबाट मनोजकुमार भट्टराईसहित चार जना सञ्चालक निर्वाचित
काठमाडौं । लक्ष्मी सनराइज बैंक लि.को २३ ओैं साधारण सभाबाट मनोजकुमार भट्टराईसहित चार जना सञ्चालक निर्वाचित भएका छन् ।
गत पुस २६ गते सम्पन्न बैंकको २३औं वार्षिक साधारण सभाबाट भट्टराई सञ्चालक निर्वाचित भएका छन् । उनी बैंकका संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक निर्वाचित भएका हुन् ।
भट्टराई बैंकिङ र बीमा क्षेत्रमा साँढे तीन दशक लामो अनुभव भएका व्यक्तित्व हुन् । उनले प्रमुख कार्यकारी अधिकृतको रुपमा नेपाल लाइफ इन्स्योरेन्स र तत्कालीन प्राइमलाइफ इन्स्योरेन्स लि.को सफल व्यवस्थापकीय नेतृत्व गरेका थिए ।
उक्त साधारण सभाले संस्थापक सेयरधनीकै तर्फबाट रमण नेपाललाई सञ्चालक चयन गरेको छ । सर्वसाधारण सेयरधनीका तर्फबाट स्वाती रुंगटा र दिनेश पौड्याल सञ्चालक निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिका सोही दिन सम्पन्न बैठकले रमण नेपाललाई कम्पनी सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ।
उक्त साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पनि साधारण सभाबाट पारित भएको सो बैंकले जनाएको छ ।