macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

माछापुच्छ्रे बैंकको १ करोड १२ लाख कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम मौका

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । माछापुच्छ्रे बैंकको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर किन्ने आज (माघ २ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन दिन सकिनेछ । बिक्री गर्न खोेजेका हुन् ।

बैंकले पुस २५ गतेदेखि संस्थापक सुरेन्द्र महतोको नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकले यसमा प्रतिकित्ता सेयरको न्यूनतम भाउ ११५ रुपैयाँ तोकेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

लगानीकर्ताले न्यूनतम १० लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउनुपर्नेछ ।

himalayan life insurance
igi long
NTA long ad