sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

कुमारी बैंकको २३ औँ वार्षिक साधारणसभा माघ २८ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले २३ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बैठक वार्षिक साधारणसभा माघ २८ गते आयोजना गर्ने निर्णय गरेको हो।

साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनका साथै वार्षिक आर्थिक वित्तीय विवरण स्वीकृत गर्नेछ।

साधारणसभाले बैंकको सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण छलफल गरी अनुमोदन गर्नेछ।

बैंक सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन सभाले गर्नेछ। वार्षिक साधारणसभामा बैंकले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव पेस गर्ने छैन।

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले माघ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको माघ ९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो बैंकको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्। साधारणसभा काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

gold
prabhu bank
nawakantipur long