गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारणसभा २०८० पौष २९ गते आईतबार कास्कीको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्ड,पोखरामा सम्पन्न भएको छ ।
उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५०प्रतिशत नगद लाभांश गरी जम्मा १०% लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ ।
साधारणसभाले विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब ७० करोड बनाउने, आ.व. २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रश्तावहरु पारित गरेको छ ।
हाल ५ अर्ब १८ करोड ७६ लाख ८७हजार ५७ रुपैंयाचुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५०प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुंजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया पुगेको छ ।
साधारणसभाको लागि २०८० पौष १७ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०८० पौष १६ गते सम्म कायम विकास बैंकका शेयरधनीहरुले साधारणसभाबाट पारित बोनश शेयर प्राप्तगर्ने छन् ।
विकास बैंकका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हाल सम्म करिब रु ८० अर्ब निक्षेप संकलन गरी करिब रु. ६९ अर्ब कर्जा प्रवाह गरेको छ