macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल एसबिआई बैंकको ३०औँ वार्षिक साधारणसभा सम्पन्न

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल एसबिआई बैंक लि.का शेयरधनीहरुको ३०औँ वार्षिक साधारणसभा २०८० पौष १३ गते (तदनुसार २९डिसेम्बर २०२३) त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको छ ।

साधारणसभाले बैंकको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७९/८० वार्षिक आर्थिक विवरण (असारमसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित ग¥यो ।

साधारणसभाले बैंकको सहायक कम्पनी“नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७९/८० को वित्तीय विवरण सहितको एकीकृत (Consolidated)वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

साधारणसभाले बैंकका शेयरधनीहरुलाई ३.७५% बोनश शेयर र ६.८०% नगद लाभांश–बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी चुक्ता पुँजीमा जम्मा १०.५५प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त साधारणसभाले आ.व. २०८०/८१मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्सपिकेएफ टि.आर उपाध्या एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वाप्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथावित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वाप्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न÷गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

himalayan life insurance
igi long
NTA long ad