केन्द्रीय बैंकले २० अर्ब निक्षेप तान्न खोज्दा १५ अर्बको मात्रै आवेदन पर्यो
ब्याजदर कति ?
काठमाडौं । पुस १२ गतेको २० अर्बको निक्षेप बोलकबोलमा भने जम्मा १५ अर्ब रुपैयाँको आवेदन परेको छ । जसमध्ये ९ अर्ब २५ करोड रुपैयाँमात्रै निक्षेप तानिएको छ ।
५ अर्ब ७५ करोडको निक्षेपको लागि कटअफ मूल्यभन्दा बढी ब्याजदर आएको राष्ट्र बैंकले जनाएको छ । फलस्वरुपः ९ अर्ब २५ करोड निक्षेप तानिएको छ ।
यो दिनको लागि अधिकतम ३.०९९९ प्रतिशत र न्यूनतम २.७० प्रतिशत ब्याजदर निर्धारण भएको थियो । जसको औसत ब्याजदर २.९९९२ प्रतिशत निर्धारण भएको छ ।
यो चालु आर्थिक वर्षको दोस्रो त्रैमासकै उच्च हो । पछिल्लो समय बढ्दो ब्याजदर र मागभन्दा कम रकम बोलकबोल हुनुले अधिक तरलताको अवस्था विस्तारै घट्दै गएको संकेत गर्छ ।