citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

 ७ विकास बैंकले गरे लाभांश घोषणा 

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा कुल १५ वटा विकास बैंक सूचीकृत छन् । तीमध्ये ७ वटा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् भने दुई वटाले लाभांश नदिने घोषणा गरेका छन् ।

बाँकी धेरै विकास बैंकले लाभांश दिन सक्ने अवस्था छैन । ज्योति विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् । लाभांशमा अधिकांश विकास बैंकले सेयर बोनसलाई प्राथमिकता दिएका छन् ।

लाभांश घोषणा गरेका ७ विकास बैंकमध्ये पनि ३ वटा विकास बैंकको सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) भइसकेको छ । सांग्रिला, मितेरी र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुक क्लोज भइसकेकाले अब सेयर खरिद गर्नेले लाभांश पाउँदैनन् ।

बाँकी ४ वटा विकास बैंक मुक्तिनाथ, गरिमा, महालक्ष्मी र लुम्बिनी विकास बैंकको भने बुक क्लोज भइसकेको छैन । अहिले पनि सेयर खरिद गर्नेले यी ४ कम्पनीको लाभांश पाउने र साधारणसभामा भाग अधिकार राख्दछन् ।

gold
himalayan life insurance long ad