macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

हिमालयन बैंकको पुस २९ गते ३१औं वार्षिक साधारण सभा

प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पेश हुने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन बैंकले पुस २९ गते आइतबार ३१औं वार्षिक साधारण सभा डाकेको छ । साधारण सभामा सर्वसाधारण सेयरधनीको आवश्यक सेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ ।

साथै, एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित गर्नेछ । साधारण सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ । तसर्थ, पुस  १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

हिमालयन बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ ।साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad