citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

७ लाख कित्ता शेयर बिक्री गर्दै एनआईसी एसिया बैंक

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । एनआईसी एसिया बैंकको ७ लाख कित्ता शेयर आज पुस ६ गतेबाट लिलामी प्रक्रिया मार्फत बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ७ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।

यो शेयर खरिदका लागि धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित कार्यालयमा बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस २० गतेसम्म तोकिएको छ।

himalayan life insurance
igi long