macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले पुस ६ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो ।

बैंकले बचततर्फ न्यूनतम २ प्रतिशतदेखि अधिकतम ९.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि मंसिरमा बैंकले बचततर्फ न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम १०.२५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।

पुसमा साधारण बचत खातामा २ प्रतिशतदेखि ३ प्रतिशत, विशेष बचतमा ३।२५ प्रतिशत, सुपर बचतमा ३।५ प्रतिशतदेखि ४ प्रतिशत तोकिएको छ । यस्तै, एनसिसिएल समुन्नत बचत खातामा न्यूनतम ३।५० प्रतिशतदेखि अधिकतम ४।५ प्रतिशत, एनसिसिएल प्रिमियम बचतमा ४ प्रतिशतदेखि ४।५ प्रतिशत तोकिएको छ ।

यस्तै, अनिवार्य नियमित बचतमा ८ प्रतिशत र क्रमिक बचतमा ८ प्रतिशतदेखि ९ प्रतिशत, मुद्दती निक्षेपमा न्यूनतम ७.२५ प्रतिशतदेखि अधिकतम ९.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार कर्जा तर्फ विभिन्न विभिन्न शिर्षकमा ८ प्रतिशतदेखि १२.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । यसअघि मंसिरमा बैंकले ८.५० प्रतिशतदेखि १३.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । लघुवित्त कर्जा, गरिबि निवारण कर्जा, सबल सहकारी कर्जा र दिगो सहकारी कर्जा लगानीको ब्याजदर संस्था वर्गीकरणको आधारमा फरक गरीने जनाएको छ ।

साथै, मुद्दती निक्षेपको बिड रेट ९.२५ प्रतिशतसम्म प्रस्ताव गर्न सकिने बैंकले जनाएको छ । अपाङ्ग, दलित र महिलाद्वारा संचालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने छ । यस्तो सुविधा दोहोरो हुनेगरी प्रदान गरिने छैन ।

himalayan life insurance
igi long
NTA long ad