नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै
केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँको ५ वर्ष अवधि भएको विकास ऋणपत्र २०८५ ‘ट’ जारी गर्न लागेको हो ।
Nepal Rastra Bank
काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँको ५ वर्ष अवधि भएको विकास ऋणपत्र २०८५ ‘ट’ जारी गर्न लागेको हो । यस ऋणपत्रका लागि बिहीबार पुस ५ गते दिउँसो २ बजे बोलकबोल हुने भएको छ ।
यसको निष्कासन मिति भने पुस ६ गते तोकिएको छ । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ ।
इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख गरिएको छ ।प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ ।
यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।























