macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

वाणिज्य बैंकहरुको सीडी रेसियो ८०% भन्दा तल झर्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । वाणिज्य बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०% भन्दा तल आएकोे छ । केन्द्रीय बैंकको शनिबारसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ७९.८९% मा आएको छ ।

यसबाट वाणिज्य बैकहरु कर्जा प्रवाहका लागि निकै सहज अवस्थामा रहेको देखिन्छ । केन्द्रीय बैंकको व्यवस्था अनुसार बैंकहरुको कर्जा निक्षेप अनुपात अधिकतम ९० % भित्र सीमित हुनुपर्छ ।

अर्थात, वाणिज्य बैंकहरुले आफ्नो कुल निक्षेपको ९० % मात्र कर्जा प्रवाह गर्न पाउँछन् । यद्दपि, पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप थुप्रिने क्रम बढेपनि सोही अनुसार कर्जा विस्तार हुन सकेको छैन । जसका कारण सीडी रेसियो पनि निरन्तर घट्दो क्रममा रहेको छ ।

शुक्रबारको तुलनामा शनिबार एकै दिन वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले बढेकोे देखिन्छ । यद्दपि, सोही समयमा कर्जा लगानी भने स्थिर रहेको छ ।

himalayan life insurance
igi long
NTA long ad