citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले भोलि मंगलबार फेरि बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ खिच्दै 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न भोलि पुस ३ गते मंगलबार फेरि बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ तान्ने भएको छ।

राष्ट्र बैंकले भोलि पुस ३ गते फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ खिच्ने भएको हो ।

यसका लागि भोलि २ बजे बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

१४ दिने यो निक्षेप संकलन उपकरणको पुस १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

पुसमा यो दोस्रोपटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो। यसअघि पुस १ गते यो उपकरण प्रयोग गरी राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।

गत मंसिर महिनामा भने राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आठपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।

IME Life
kumari