macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

माछापुच्छ्रे बैंकको १ करोड १२ लाख ३५ हजार ४९२ कित्ता संस्थापक शेयर विक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १ करोड १२ लाख ३५ हजार ४९२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

बैंकले कुल कित्ता शेयरमध्ये १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूका लागि र ३ हजार कित्ता विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो ।

विद्यमान संस्थापक शेयरधनीहरूका लागि विक्रीमा आएको ३ हजार कित्ता शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

सर्वसाधारणमा जारी भएको शेयर विक्रीका लागि यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र विक्री खुला गरिएको थियो ।

सो समयमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागिएको हो । सर्वसाधारण लगानीकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने छ । आवेदन विक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलको सुन्धारा स्थित कार्यालयमा पेश गर्नुपर्नेछ ।

himalayan life insurance
igi long
NTA long ad