stcnepal long ad
ime life insurance
national life
global ime bank long

कामना सेवा विकास बैंकले ५ लाख बढी कित्ता शेयर आज मंसिर २५ गतेबाट बिक्रीमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । कामना सेवा विकास बैंकले ५ लाख बढी कित्ता शेयर आज मंसिर २५ गतेबाट बिक्रीमा राखिएको छ।

बैंकले संस्थापक समूहको ५ लाख ९ हजार ८९२ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ।

तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari