stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमा करिब ७० लाख रुपैयाँ तलबभत्ता बुझे

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमा करिब ७० लाख रुपैयाँ तलबभत्ता बुझेका छन् । नेपाल राष्ट्रको तथ्यांकअनुसार उनले गत आर्थिक वर्षमा तलबभत्ता बापत ६० लाख ९१ हजार ३३५ रुपैयाँ बुझेका हुन् ।

गत आर्थिक वर्षमा अधिकारीले १६ लाख ३२ हजार तलब, ४ लाख १४ हजार बैठक भत्ता र अन्य सेवा सुविधा वापत ४० लाख ४५ हजार ३३५ रुपैयाँ लिएका छन् ।

आर्थिक वर्ष २०७८÷७९ मा उनले १४ लाख १८ हजार तलब, ३ लाख ५ हजार बैठक भत्ता र अन्य सेवा सुविधा वापत ३१ लाख ८१ हजार ८५५ रुपैयाँ गरी कुल ४९ लाख ५ हजार २५५ रुपैयाँ बुझेका थिए । तथ्यांकअनुसार गभर्नरको तलबभत्ता एक वर्षमा २४।१७ प्रतिशतले बढेको छ ।

त्यस्तै डेपुटी गभर्नर डा। निलम ढुंगाना तिम्सिनाले गत आर्थिक वर्षमा तलब १४ लाख ६० हजार ४०० रुपैयाँ, बैठक भत्ता ३ लाख ४२ हजार र अन्य सुविधा बापत ३८ लाख ९९ हजार ९६१ रुपैयाँ गरी कुल ५७ लाख २ हजार ३६१ रुपैयाँ लिएकी छन् ।

अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले गत आर्थिक वर्षमा तलब १४ लाख ६० हजार ४००, बैठक भत्ता ३ लाख ७८ हजार र अन्य सुविधा ३४ लाख ६१ हजार ८२९ रुपैयाँ सहित ५३ लाख २२९ रुपैयाँ तलब तथा सुविधा लिएका छन् ।

prabhu mahalaxmi
kumari