stcnepal long ad
global ime bank long

नेपाल इन्फ्रास्ट्रकचरको बैंक पाँचौं वार्षिक साधारण सभा पुस १७ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले  पाँचौं वार्षिक साधारण सभा पुस १७ गते गर्ने भएको छ । उक्त वार्षिक साधारण सभा काठमाडौंको बत्तीसपुतली स्थित अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेटमा गर्ने जनाएको छ ।

वार्षिक साधारण सभा विहान ९ बजे गर्ने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.२१०% प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्ने छ ।

 

IME Lifesidebar
kumari