ग्लोबल आइएमई बैंकको १ प्रतिशत बोनस सेयर घोषणा
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट ९% लाभांश दिने भएको छ ।
बैंकले १% बोनस सेयर र कर सहित ८% नगद गरी कुल ९% लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
गत वर्ष यसले ३% बोनस सेयर र कर सहित १०.६०% नगद लाभांश वितरण गरेको थियो ।