सिद्धार्थ बैंकको वार्षिक साधारण सभा मंसिर ५ गते
काठमाडौं । सिद्धार्थ बैंकले मंसिर ५ गते मंगलबार वार्षिक साधारण सभा डाकेको छ । सभा आम्रपाली ब्यांकेट, बालुवाटार काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
उक्त सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट करसहित प्रस्ताव गरेको ४.२१% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ बैंकले मंगलबार कात्तिक २१ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।
तसर्थ, सोमबार कात्तिक २० गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।